५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कोशी प्रदेशको बजेटअधिवेशन आज देखि

कोशी प्रदेशको बजेट अधिवेशन आज देखि सुरू हुँदैछ। गत फागुन १७ गते  प्रदेशको नाम कोशी राखेपछि स्थागित भएको प्रदेशसभा वैठक आज देखि सुरू हुने भएको हो।  

 प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा वैठक आह्वान गरेसँगै विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। विशेष गरी  कोशी नाम प्रति असन्तुष्टि जनाउँदै आएको समूहले विराटनगर केन्द्रित आन्दोलन चर्काउने चेतावनी दिएसँगै प्रदेशको राजधानी विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। 

विराटनगरको विभिन्न स्थानमा स्थानिय प्रशासनले  निशेधाज्ञा लगाएको छ।  विराटनगरस्थित मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख निवास, प्रदेशसभा सचिवालय र जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रलगायतलाई स्थानिय प्रशासनले निशेधित क्षेत्र घोषणा गरेको छ।

भौगोलिक आधारमा गरिएको नामाकरण प्रति असन्तुष्टि जनाउँदै जातीय पहिचानका आधारमा नामाकरणको माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन चर्काउने र आज विराटनगरमा प्रदर्शन गर्ने तयारी गरेको छ।  

प्रकाशित: १४ जेष्ठ २०८० ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App