१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंक र आइएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कोअपरेसन (आइएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ। जस अन्तर्गत आइएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गर्नेछ। बैंकलाई प्रदान गरिने सो ऋण रकम आइएफसीद्वारा कुनै पनि नेपाली बैंकलाई हालसम्म प्रदान गरिएको सबैभन्दा बढी ऋण रकम भएको बैंकले जनाएको छ।

यस सहकार्यसँगैै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्री कृषि जस्ता परियोजनामा लगानी गर्ने बैंकले बताएको छ। साथै लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवद्र्धन गर्न र हाल नेपालको बैंकिङ प्रणालीमा कायम रहेको तरलता अभावको समस्या समाधान गर्न पनि केही हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मदत पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App