७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

प्रयास नेपालका बालबालिकालाई हिमालय एअरलाइन्सको सहयोग

हिमालय एअरलाइन्सले प्रयास नेपालसँगको ‘स्टेप टुर्वड्स एजुकेशन’मार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दैसातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ।

पहलको एक हिस्साको रूपमा एअरलाइन्सले प्रयास नेपालका बालबालिकालाई विभिन्न ग्रेडका नोटबुक, रजिष्टर र शैक्षिक पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो। यसका साथै एयरलाइन्सले स्वावलम्बनको बाटो पछ्याउने बालबालिकाको प्रबल इच्छाको प्रशंसा गर्दै खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुआती पहल ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र समेत आयोजना गरेको छ।

एअरलाइन्सले आयोजना गरेको संक्षिप्त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक आकाश लामाले स्वेच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति) मा केन्द्रित भई मार्गदर्शन गरेका थिए।

एअरलाइन्सको ब्रान्ड टोलीले प्रचार प्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको तथा उनीहरूलाई विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गरिएको थियो जसले स्टार्टअपलाई अझ प्रभावकारी रूपमा बढ्न मदत गर्ने कम्पनीको विश्वास छ।

एअरलाइन्सको ब्राण्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालसँगको सहकार्यमा बालबालिकाले हाम्रो ‘पहल’ मार्फत् आफ्नो सपना पूरा गरेको देख्दा खुसी लागेको बताएका छन्। प्रयास नेपालका अध्यक्ष मणि जोशीले उक्त कार्यक्रमले बालबालिकाको शैक्षिक प्रदर्शनलाई मात्र नभई उनीहरूमा सिकाइ प्रतिको लगाव विकास गर्न पनि मदत गरेको बताए।  

प्रकाशित: ३१ वैशाख २०८० ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App