१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

अमेरिकन चेम्बर र युएस एड ट्रेडबीच सहकार्य

अमेरिकन चेम्बर अफ कमर्स नेपाल र युएस एड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तार गर्न सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ। एमच्यामका अध्यक्ष अजित शाह र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी प्रमुख एग्नेस लुजले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसले लगानी विस्तारका लागि एमच्यामलाई नीतिगत रूपमा सहजीकरण गर्नेछ। सो सम्झौता अनुसार नेपाल तथा अमेरिकामा हुने व्यवसाय एकअर्काको देशमा विस्तार गर्नका लागि सहज हुने एमच्यामका अध्यक्ष अजित शाहले बताए।

सम्झौताले नेपाल र अमेरिकाबीच लगानीमैत्री वातावरण निर्माण गर्ने शाहले बताए। यस्तै, एमच्यामले नेपाल र अमेरिकामा ‘डुइङ विजनेश’ सञ्चालनका लागि चासो देखाउनेहरूका लागि सहजीकरण गर्नेछ। सो सम्झौतापश्चात एमच्यामले व्यवसायका लागि विभिन्न किसिमका वर्कशप सञ्चालन गर्ने तथा तालिमको समेत व्यवस्था गर्नेछ। सम्झौता अवधि २०२३ को मेदेखि २०२६ डिसेम्बर २६ सम्म रहने बताइएको छ। अमेरिकन चेम्बर अफ कमर्स नेपाल अमेरिकी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरूको साझा संस्था हो।

प्रकाशित: २७ वैशाख २०८० ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App