१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्कोर्पियो पिकअप बजारमा

महिन्द्रा स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार रङमा उपलब्ध हुने भएका छन्। उत्कृष्ट जीवनशैली र भौगोलिक विविधतामा सुहाउने गरी विभिन्न भेरियन्ट र रंगमा स्कोर्पियो पिकअप ल्याएको हो।  

कम्पनीका अनुसार फोरडब्लुडी अफ रोड क्षमता, स्टाइलिस मोडल, उच्च स्तरको विशेषता, शक्तिशाली प्रदर्शन, अधिकतम सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण महिन्द्रा स्कर्पियो पिकअप ग्राहकहरूको प्राथमिकतामा पर्नेछ।

महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन, १४० एचपीपावर र ३२० एनएम टर्क छ। यसमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स साथै फोरडब्लुलीको मदतले नेपालको कुनै पनि कुनामा सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८० ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App