१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन्।

सोमवार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए। पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको उनको भनाइ छ। उनले व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए।

अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरुमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरुले सहजरुपमा कर्जा पाउन नसकेको दाबी गरे। उनले व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकि रहेको उल्लेख गरे।

उनले भने,‘अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन्। व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नु परेको छ। बैंकहरुमा तरलताको अवस्था सुधार भए पनि कागजमा सिमित हुँदा उद्योगी व्यवसायीहरुले अझै ऋण पाउन समस्या छ। व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ। व्यवसायीहरुले बैंकको किस्ता तिर्न सकिरहेका छैनन्। परिसंघको सर्वेमा बजारको मागमा संकुचन आएको छ। मागमा ४० देखि ८० प्रतिशतको कमी आएको छ। परिसंघले सरकार र नागरिकहरुलाई वर्तमान आर्थिक समस्याको समाधान गरी सकारात्मक बनाउन पहल गरिरहेको छ। सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक छ। सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ। यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाउने काम गर्न खाँचो छ।’

अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए। उनले सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक रहेको बताए।  

प्रकाशित: ४ वैशाख २०८० ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App