६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बोर्डद्वारा स्टक लाइसेन्सको पुनः आवेदन माग

फाइल तस्वीर

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न, सिफारिस एवं वस्तु विनियम बजार सञ्चालन गर्न र कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि पुनः आवेदन माग गरेको छ। बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी आवेदन मागेको हो। यसअघि सर्वाेच्च अदालतको अल्पकालीन आदेशको कारणले स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको आवेदन रोकिएको थियो। धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सर्वाेच्च अदालतले रिट खारेज गरेसँगै कमोडिटी मार्केटलाई विविधिकरण गर्न मदत पुग्ने बताए। ‘गत असोजमा नै कमोडिटी मार्केटलाई विविधिकरण गर्ने योजनासहित आवेदनको लागि सार्वजनिक सूचना जारी गरेका थियौं,’ उनले भने, ‘सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारणले रोकिएको थियो तर हालसालै सर्वाेच्चले रिट निवेदन खारेज गरेसँगै कमोडिटी मार्केटलाई विविधिकरण गर्ने बाटो खुलेको छ।’ बोर्डले १० दिनको म्याद राखेर फेरि आवेदन खुलाएको हो। बोर्डले २०७९ असोज २ गते ४५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। सर्वाेच्च अदालतले गत कात्तिक ४ गते जारी गरेको अल्पकालीन आदेशमार्फत आवेदन रोकिएको थियो। सर्वाेच्च अदालतले चैत २६ गते उक्त रिट खारेजी भएको फैसला गरेकाले पनि बोर्डले यस अघि कै प्रक्रिया फेरि अघि बढाउने निर्णय गरेको हो। यस अघि जारी गरेको सूचनाको म्याद १० दिन बाँकी रहँदै सर्वाेच्चको अन्तरिम आदेशद्वारा प्रभावित भएकाले फेरि १० दिनको म्याद थप गरेर सूचना जारी गरिएको हो।  

गत असोज ३१ गते अधिवक्ता दिपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक तथा वस्तु विनियम बजारलाई लाइसेन्स रोक्ने प्रक्रिया माग गर्दै रिट दायर गरेका थिए। सर्वोच्च अदालतबाट २०७९ कात्तिक ४ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशले १५ कात्तिकमा अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्ने आदेश गरेको थियो। सो आदेश चैत २५ गतेसम्म कायम रहेको थियो।

बोर्डले गत असोज २ गते धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रिस्तरको प्रविधिसहितको क्षमतायुक्त बनाइ धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न तथा अर्थतन्त्रमा रहेका स्थापित वास्तविक क्षेत्रका संगठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पुँजी निर्माण र परिचालनमा सहयोग पुग्ने भन्दै नयाँ बजार बिस्तार गर्न लागेको हो।  

धितोपत्र बोर्डले पुँजी निर्माण र परिचालनलाई सहजीकरण गर्न निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिई धितोपत्र बजारको सेवा तथा गुणस्तर प्रतिस्पर्धी, विकास र बिस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकाले स्थापना गर्न लागिएको जनाएको छ।

प्रकाशित: १ वैशाख २०८० ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App