१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआईसी एसिया बैंकका ग्राहकलाई छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौंस्थित पशुपति प्लाजामा अवस्थित केसर स्विट्स एण्ड फुड्समा विभिन्न मिठाइका परिकारहरू खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ। बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केसर स्विट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

पछिल्लो समय डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै सम्पन्न उक्त सम्झौता अनुसार यस बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले केसर स्विट्स एण्ड फुड्समा विभिन्न मिठाइका परिकारहरू खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन्।

प्रकाशित: २८ चैत्र २०७९ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App