५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

हवाई भाडा घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायु सेवा कम्पनीले विमानको भाडा पनि घटाएका छन्। निगमले सोमबार हवाई इन्धन आन्तरिकतर्फ १० रूपैयाँ घटाएको थियो। वायु सेवा कम्पनीले रुटका आधारमा न्यूनतम ९० रूपैयाँदेखि अधिकतम ४ सय ४० रूपैयाँसम्म भाडा घटाएका छन्।

सबैभन्दा धेरै काठमाडौं-धनगढी सेक्टरको हवाई भाडामा ४ सय ४० रूपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं-सिमरा रुटमा ९० रूपैयाँ घटेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ७० रूपैयाँबाट १० रूपैयाँ घटाएर लिटरको १ सय ६० रूपैयाँ कायम गरेको थियो। नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यती, समिट एयर, तारा एयर, सीता एयरलायन्स, सौर्य एयरलायन्स लगायत कम्पनीले भाडा घटाएका छन्।

प्रकाशित: २३ चैत्र २०७९ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App