७ वैशाख २०८१ शुक्रबार

निगमले एक करोड लिटर क्षमताका इन्धन भण्डारण गृह बनाउने

नेपाल आयल निगमले रूपन्देहीमा करिब तीन अर्ब रूपैयाँको लगानीमा एक करोड १३ लाख लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ।

रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया सुरू

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।

आयल निगमको योजना रासायनिक मल कारखाना

लामो समयदेखि मल कारखाना स्थापना गर्ने विषयमा चर्चा हुँदै आए पनि मूर्तरूप पाउन नसकिरहेको अवस्थामा आयल निगमले अग्रसरता देखाएको हो।

सन् २०२३ ले जगाएका १५ आशा

एउटा व्यक्तिको जीवनमा वर्ष २०२३ को अनेक अर्थ हुन सक्छ। जस्तो कि खुसी, सन्तुष्टि, असन्तुष्टि, पीडा, बेचैनी। त्यस्तै एक राष्ट्रको जीवनमा पनि वर्ष २०२३ ले बेग्लै छाप छाडेको छ, जसलाई आर्थिक र मानवीय विकास, सरकारको समीक्षा, संस्थाका प्रगति विवरण र आशाका सूचकहरूका आधारमा विश्लेषण गरिन्छ।

नेपाल आयल निगमको निमित्त प्रमुखमा नागेन्द्र साह

सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख) को जिम्मेवारी नागेन्द्र साहलाई दिएको छ।

शाहलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो।

बढी मूल्यमा ग्यास बिक्री गरे कारबाही हुने

नेपाल आयल निगमले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइए जानकारी गराउन नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

राजनीतिमा सक्रिय हुन आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजिनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।

सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु

सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ।

डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो।

पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँले घट्यो

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता आज रातिबाट लागू हुने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ। फिर्ता भएको मूल्यवृद्धि आज रातिबाट लागू हुने नेपाल आयल निगमले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्