१६ चैत्र २०८० शुक्रबार
अर्थ

उद्योगीको मनोबल उकास्न परिसंघको आग्रह

 नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री रिजाललाई भेटेर यस्तो आग्रह गरेका हुन्।  

उद्योगीले अर्थतन्त्रका समस्या समाधानका लागि पहल गर्न अध्यक्ष अग्रवालले अनुरोध गरे। उनले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभावलगायत कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए। अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको धारणा राखे।  

मागमा आएको उच्च संकुचनका कारण नयाँ लगानीका योजना ठप्प भएको, मनोबल निकै खस्किएकाले यसबाट निकास दिनुपर्ने उनले सुझाव दिए। कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा उत्पादनमूलक उद्योगहरूको योगदान निरन्तर घट्दो रहेको भन्दै अध्यक्ष अग्रवालले अर्थतन्त्रमा उत्पादनमूलक उद्योगहरूको योगदान बढाउन वातावरण बनाउनुपर्नेमा जोड दिए।  

नवनियुक्त उद्योगमन्त्री रिजालले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिएको बताए। मुलुकलाई समृद्धि बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने बताए। ‘म निजी क्षेत्रको साथमा छु,’ उनले भने, ‘निजी क्षेत्रको समस्या समाधान गर्न पूर्ण रूपमा लाग्नेछु।’

प्रकाशित: २१ चैत्र २०७९ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App