१९ पुस २०८२ शनिबार
image/svg+xml
अर्थ

त्रियुगाको राजश्वः ८ महिनामा ४८ प्रतिशतमै सीमित

त्रियुगा नगरपालिका। तस्विरः महेश्वर

उदयपुर जिल्लाको सबभन्दा ठूलो र जेठो नगरपालिका सदरमुकाम गाईघाटस्थित त्रियुगाको चालु वर्षको राजश्व संकलन उत्साह जनक देखिदैन। चौतर्फी आर्थिक मन्दीलाई नै कारण मान्ने हो भने पनि विगत वर्षको तुलतामा यसवर्ष बितेको ८ महिनामा संकलित राजश्वले उत्साह भर्न नसकेको हो।  

त्रियुगाले चालु वर्ष १२ करोड ८५ लाख राजश्व उठाउने प्रक्षेपण गरेको थियो। तर, बितेको ८ महिनामा ५० प्रतिशत पनि लक्ष्य चुम्न सकेको छैन। गएको साउनदेखि फागुन मसान्तसम्म नगरपालिकाले ६ करोड २६ लाख १२ हजाार ४८ रुपैँया संकलन गरेको छ। यो अंक प्रक्षेपित आकारको ४८.७२९ प्रतिशत मात्र हो। आर्थिक वर्ष सुरु भएको ८ महिना बितिसक्दासम्म ५० प्रतिशत राजश्व संकलन नगरेको नगरपालिकाले वार्षिक लक्ष्य चुम्छ भन्ने ग्यारेन्टी छैन।  

त्रियुगा नगरपालिकाले विभिन्न ३० वटा शीर्षकमा राजश्व संकलन गर्ने गरेको छ। जसमध्ये जग्गा रजिस्ट्रेशन, प्राकृतिक स्रोत उपयोग, एकीकृत सम्पत्ति, व्यवसाय कर, घर बहाल,, सिफारिस तथा बक्सौनी, घर जक्शा पास लगायत कर मुख्य स्रोतहरु मानिन्छन्। यी शीर्षकमै नगरपालिकाले आकर्षक कर उठाउन नसकेको नगरपालिको राजश्व शाखाले जनाएको छ। राजश्व शाखा प्रमुख धनश्याम पोखरेलका अनुसार पुससम्म धेरै कम मात्रामा कर संकलन भएको थियो। तर, फागुनमा भने उत्साहजनक कर संकलन भएको छ। अधिकृत पोखरेलका अनुसार अर्धवार्षिक राजश्व संकलनमा पुससम्म ५ करोड २७ लाख ५० हजार उठेको थियो।  

पुसभन्दा माघमा र माघभन्दा फागुनमा राजश्व उठ्ती रकम बढ्दै गएको पाइएको छ। पुसमा ३२ लाख ४५ हजार २ सय ३९ रुपैँया राजश्व उठेकोमा माघमा बढेर ८४ लाख ९७ हजार ७ सय ३२ संकलन भयो। पुस र माघको दाँजोमा फागुनमा थप उत्साहजनक रकम उठेको पोखरेलका अनुसार फागुनमा मात्र ९८ लाख ६२ हजार ३६ रुपैँया संकलन भएको छ।

राजश्व शाखाका नायव सुब्बा गुरु ढकालका अनुसार ८ महिनाको अवधिमा सबभन्दा बढी राजश्व रजिस्ट्रेशन शूल्कवापत उठेको छ। यो शीर्षकमा २ करोड २४ लाख २२ हजार ५ सय २५ रुपैँया ४९ पैसा संकलन भएको छ। दोस्रो ठूलो राजश्व आकार प्राकृतिक स्रोत उपयोग करवापत ७८ लाख ८४ हजार ८ सय ४३ रुपैँया उठेको छ। त्यसैगरी एकीकृत सम्पत्ति करवापत ६० लाख ४१ हजार ६ सय ९९ रुपैँया संकलन हुँदा व्यवसाय कर ५९ लाख ११ हजार ५ सय ५२ रुपैँया उठेको नासु ढकालले बताए।  ढकालका अनुसार यो ८ महिने अवधिमा नगरपालिकाले ५८ लाख ४८ हजार ६ सय ७० रुपैँया सिफारिस तथा बक्यौनी कर उठ्दा नक्शा पास दस्तुर ५२ लाख ६५ हजार ३ सय १९ उठेको छ। त्यसैगरी बहाल करवापत ३८ लाख ९१ हजार ५९ रुपैँया उठाएको छ भने घाटगद्धी बित्रीवापत १७ लाख ७५ हजार ७९ उठाएको छ। ८ लाख ९६ हजार ५ सय १८ रुपैँया सिमेन्ट प्रदुषण शूल्क उठ्दा यो बीचमा ७ लाख ६८ हजार ३ सय ७ सार्वजनिक सुविधा उपभोग सेवा शूल्कवापत उठेको छ। त्यस्तै ५ लाख ९७ हजार ६ सय ७८ सिमेन्ट निकासी कर संकलन भएको छ भने ३ लाख ८७ हजार ८ सय ५५ रुपैँया वनबाट प्राप्त रोयल्टीवापत उठेको छ।  

नगरपालिकाले अन्य दस्तुर ३ लाख ४९ हजार ५ सय ६५, भाडा तथा बहालबाट ३ लाख २८ हजार २ स ३६ र ३ लाख ३९ हजार ६ सय ३६ एकीकृत सम्पत्ति करकै नाममा राजश्व उठाएको छ। १ लाख ९८ हजार ८ सय बेरुजु फस्र्यौटवापत उठडेको छ भने १ लाख २९ हजार ७ सय ९५ रुपैँया नविकरण दस्तुर शीर्षकमा राजश्व उठेको ढकालले बताएका छन्। 

प्रकाशित: १२ चैत्र २०७९ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App