८ वैशाख २०८१ शनिबार
अर्थ

प्रभु बैंकको अतिरिक्त बैंकिङ सेवा सञ्चालन

प्रभु बैंक लिमिटेडले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन विभिन्न अतिरिक्त सेवाहरू सञ्चलनमा ल्याएको छ।

बैंकको एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरूबाट समेत प्रभु बैंकको आफ्नै पोइन्ट अफ सेल मेसिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने भएको छ।

बैंकले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएसमार्फत् विद्युतीय भुक्तानी कार्डसम्बन्धी अतिरिक्त सेवा सुरु गरेको जनाएको छ। बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्युतीय भुक्तानी कार्डसम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहकले अधिकतम् लाभ लिने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ५ चैत्र २०७९ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App