२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

शिवम् सिमेन्टको 'शिवम्संग उपहार टन्न' उपहार योजनाको मेगा लक्की–ड्र सम्पन्न

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा 'शिवम्सँग उपहार टन्न' उपहार योजनाको मेगालक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा विक्रेता तर्फ ३०जना) ६० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा विक्रेता तर्फ  ४७ तोला सुन उपहार राखिएको थियो।

बिहीबार सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कारबापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरी ले  ५/५ तोला सुन प्राप्त गरेका छन्।

दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की,चन्दन सिंह र सुरेश गरी ४ जनाले ३/३ तोला सुन जितेका छन भने तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुलपौडेल, शाहइन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि, हेल्थ एण्ड हाईजनिकप्रा.लि., अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २/२ तोला सुन जित्न सफल भएका छन्। त्यस्तै चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन्।

यस अघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेको छन्। जस अन्तर्गत ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा के.जी.चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन्।

साथै स्योर शट पुरस्कार मार्फत पनि २ लाख २५ हजार भन्दा बढि ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहारबाट लाभांवित भएका छन्। शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न”उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गरि रु. २००/– देखि रु. ५००/– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री उपहार राखिएको थियो भने सोहि कुपनको अर्धकट्टीमानाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिकलक्की ड्र तथा मेघा लक्की ड्रमा भागलिन सक्ने व्यवस्था मिलाईएको थियो।

यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो । छोटो समयमा उत्साहजनक रुपमा सहभागिता जनाई यस उपहार योजनालाई सफल पार्न सहयोग गरेकोमा शिवम् सिमेन्ट्स परिवारले उपभोक्ता, ग्राहक वर्ग र वितरकहरुप्रति आभार प्रटक गरेको छ। यो उपहार योजना मिति २०७९ मंसिर १८ देखि नेपालभरि लागू गरिएको थियो ।

प्रकाशित: ३ चैत्र २०७९ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App