१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

लघुवित्त माथिको वित्तीय अराजकता बन्द गर्न माग

गैँडाकोटमा लघुवित्त संस्थाहरूसँग आबद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता प्रदान गरिएको छ।

नेपाल लघुवित्त बैकर्सले लघुवित्तीय संस्थाहरु माथि लागेको आरोपलाई हटाउनका लागि आज (बुधबार) गैँडाकोटमा वित्तीय साक्षरता प्रदान गरिएको हो।

गैँडाकोटमा रहेका १३ वटा संस्थाका सदस्य तथा कर्मचारीलाई वित्तीय सारक्षता सम्बन्धी प्रशिक्षण गरिएको नेपाल लघुवित्त बैंकर्सका पूर्व अध्यक्ष वसन्तराज लम्सालले जानकारी दिए।

कार्यक्रममा बोल्दै लम्सालले हल्लाको पछाडि नलाग्न लघुवित्त ऋणीलाई अनुरोध गरे। ऋण लगेपछि तिर्नुपर्ने भन्दै उनले समयमै तिर्नुपर्ने बताए। समयमा नतिर्दा पछि तिर्न समस्या हुने उनको भनाई छ। विश्वमै सबैभन्दा कम ब्याज नेपालका लघुवित्तले लिएको भन्दै नेपाल राष्ट्रबैंकको नीतिका कारण समस्या आएको बताए।

 

‘लघुवित्त नाफा नलिने उद्देश्यले स्थापना भएका थिए,’ उनले भने ‘राष्ट्रबैंकको नेतृत्वमा हुनुपर्छ भन्ने हिसाबले कार्यक्रम आए। राज्यको नीतिको कारणले लघुवित्तहरु नाफा कमाउन लागेका हुन्।’

उनले कोरोना भाइरस र रुस युक्रेन युद्धका कारण आर्थिक मन्दि देखिएको बताउँदै पछि बिस्तारै समस्या समाधान हुने बताए।

नेपालमा २०३२ सालमा लघुवित्तको स्थापना भएको हो। अहिलेसम्म देशभर ३३ लाख सदस्य ऋणी रहेका छन्। विजय लघुवित्त वित्तीय संस्थाका सञ्चालक खेमराज सापकोटाले कसैको उस्काहटमा नआउन ऋणिहरुलाई अनुरोध गरेका छन्।

‘यसअघि पनि लघुवित्त विरुद्ध आन्दोलन भएको थियो। केही भएन,’ उनले भने, ‘बरु ब्याज बढेको छ। यहाँ दुर्गा प्रसाईँले आन्दोलन गरेर केही हुँदैन।’

उनले सेवा शुल्क र ब्याजदरमा केही सुधार गर्न सकिने धारणा राखे। नेपाल लघुवित्त बैंकर्स संघका सचिव केशव पौडेलले घरको चुल्हो चौकामा महिला बाहिर निकाल्न लघुवित्त सहयोगी बनेको बताए। उनले लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्रबैंक र सरकार गृहकार्य गरेको भन्दै कसैको उस्काहटमा लागेर केही नहुने बताए।

नेपाल लघुवित्त बैंकर्स संघका सदस्य प्रवीणकुमार लामाले बिना समूहको लघुवित्त सञ्चालन नहुने भन्दै अहिले ठुला व्यवसायीको उस्काहटमा आन्दोलन भएको हुनसक्ने शंका व्यक्त गरे। ऋण लगेर सही सदुपयोग गर्न नसक्दा ऋणीहरु समस्यामा आएको उनको भनाई छ। उनले गरिबी निवारण गर्न लघुवित्तले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

लघुवित्तसंथाहरुले अधिकतम १५ प्रतिशत ब्याज र १ दशमलव ५ प्रतिशत सेवा शुल्क लिन पाउँछन्। लघुवित्तका ऋणीका तर्फबाट बोल्दै कल्पना पन्तले ब्याजदर र सेवा शुल्क कम गरिदिन लघुवित्त संस्थाहरुलाई अनुरोध गरे।

लघुवित्तले महिलाहरुको आर्थिक जीवन स्तरमा सुधार गरेको भन्दै एक दुई जनाका कारण गर्ने महिलाहरुलाई समस्यामा नपार्न अनुरोध गरिन्। ऋणी राकिधा उपाध्यायले संस्थाले पैसा मात्र उठाउने नीति मात्र नल्याई ऋणीको व्यवसायलाई सफल बनाउनुपर्ने बत्ताइन।

लघुवित्त संस्थामा आबद्ध लघुवित्तकर्मी एवं सदस्यले भृकुटी चोकदेखि कार्यक्रम स्थलसम्म र्‍याली निकालेका थिए। र्‍यालीमा उनीहरुले वित्तीय अराजकता बन्द गरौँ, सकारात्मक सोचको विकास गरौँ, लघुवित्त चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो, हाम्रो लघुवित्त हाम्रो साहारा, प्रभावकारी वित्तीय साक्षरता वित्तीय कारोबार आजको अवाश्यकता लगायतका नारा लेखेका प्यलेकार्ड बोकेका थिए।

नेपाल लघुवित्त बैकर्ससंघका सचिव केशव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद महेन्द्र ध्वज जिसि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला तथा लघुवित्त ऋणी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १ चैत्र २०७९ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App