coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकद्वारा ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’

एभरेष्ट बैंकले ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अक्षयकोष स्थापना गरेको हो।

बैंकले एक कार्यक्रमका बीच नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने अमर/शहीद एवम् अशक्त, अवकाशप्राप्त, प्रहरी कार्यलय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततीहरूलाई उत्प्रेरणा स्वरूप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोष बीच २५ लाख रूपैयाँको अक्षयकोष स्थापना गर्ने सम्बन्धको समझदारी पत्रमा हस्ताक्षर गरेको हो।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर/शहीद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरूका सन्ततीलाई शैक्षिक जीवन उन्नत बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०७९ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App