३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

आठौं संस्करणको पावरसमिट चैतको दोस्रो साता

आठौं संस्करणको पावरसमिट २०२३ आगामी चैतको दोस्रो सातादेखि काठमाडौंमा हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको आयोजना नेपालमा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी रविद्युत् व्यापारको ढोका खोल्नका लागि पावरसमिट आयोजना गर्न लागिएको हो ।

इप्पान नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्य यो पावरसमिट नेपालमा वैदेशिक लगानी रविद्युत् व्यापारको ढोका खोल्नका लागि उपयुक्त माध्यम बन्ने बताएका छन्। ‘पावरसमिटले व्यापारिक रव्यावसायिक सम्बन्धलाई स्थापित गराउँदै ऊर्जाको व्यापारगर्ने अवसरको ढोका खोल्नेछ,’ उनले भने, ‘नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न रत्यसलाई खोल्न मार्ग प्रशस्त गर्ने आशा  

गरेका छौं।’  

अध्यक्ष आचार्यले पावरसमिटमा ३० देशका तीन सय भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहने बताए। उनका अनुसारऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावरट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण गर्ने कम्पनी, परामर्शदाता कम्पनी, बिक्रेता, थिंक ट्याङ्क रअन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब आठ सयभन्दा धेरै सहभागी हुनेछन्।  

पावरसमिट २०२३ का संयोजक तथा इप्पानका उपाध्यक्ष आशिष गर्गले पावरसमिटमा नेपालको विद्युत्को बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि रनवप्रवद्र्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तर्राष्ट्रिय विद्युत् व्यापार, दिगो रजलवायु अनुकूलन विकास लगायतका विषय समेट्ने गरी विभिन्न सत्र सञ्चालन गरिने बताए।

‘पावरसमिटमा पर्यावरण, सामाजिक रसुशासन, क्षेत्रीय सहकार्य रऊर्जा सुरक्षा लगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट पाँच हजारमेगावाटका परियोजनाहरू प्रोजेक्ट बैंकको रूपमा प्रदर्शनमा राखिनेछ,’ उनले भने, ‘यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्तालाई ऊर्जा परियोजनाको बारे जानकारी उपलब्ध गराउने छ।’

आयोजकका अनुसारसमिटको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम तय गरिएको छ। ‘हरित ऊर्जाको बजारविस्तारीकरण’ भन्ने नारासहित आयोजना गरिएको सो समिट काठमाडौंको ह्यात रिजेन्सी होटलमा आयोजना गरिनेछ।

यो सम्मेलनको पार्टनरका रूपमा भारतीय राजदूतावास रहने छ भने प्रमुख प्रायोजकहरूमा विश्व बैंक, आईएफसी, एफएमओ, युएसएआईडी लगायतका विकास साझेदारहरू रहेका छन्।

इप्पानले सन् २००६ मा पहिलो पटक पावरसमिट आयोजना गरेको थियो। अहिले आयोजना गर्न लागेको आठौं संस्करण हो। ‘यसले मुलुकमा विद्युत् उत्पादनको लागि अनुकूल वातावरण सिर्जना गर्न ठूलो भूमिका निर्वाह गर्दै आइरहेको छ,’ इप्पानका उपाध्यक्ष मोहन डाँगीले भने, ‘अहिले नेपाल विद्युत् ऊर्जामा आत्मनिर्भरको बाटोमा लम्किरहेको छ।’ अहिले मुलुकमा कुल राष्ट्रिय प्रसारणमा जडित क्षमता २५ सय २० मेगावाट पुगेको छ तरहिउँद याममा भने करिब ३३ प्रतिशत बिजुली भारतबाट आयात गरेरमुलुकको विद्युत्को माग सम्बोधन हुँदै आइरहेको छ।  

चालु आवमा पनि ६ सय मेगावाट बिजुली थप हुने प्रक्षेपण गरिएको छ। इप्पानका उपाध्यक्ष गणेश कार्कीले पावरसमिटले मुलुकमा उत्पादनको लागि अनुकूल वातावरण सिर्जना गर्न ठूलो योगदान गर्दै आइरहेको बताए । ‘विद्युत् ऊर्जाले देश आत्मनिर्भरबन्ने चरणमा प्रवेश गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रले उत्पादनको कारणले नै नेपाल अहिले आत्मनिर्भरको बाटोमा आइपुगेको हो।’ चालु आवमा ६ सय मेगावाट बिजुली थपिने प्रक्षेपण गरिएको छ । 

प्रकाशित: ४ फाल्गुन २०७९ ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App