१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४११ औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको छ। बैंक सञ्चालक समितिले पोखरेललाई आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ।

पोखरेलले स्थापनाकालदेखि नै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनले २०६५ सालदेखि नै दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएको जानकारी बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १९ माघ २०७९ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App