१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘पिरोको झट्का स्प्राइटले मेटा’ सार्वजनिक

स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ क्याम्पेन सुरु गरेको छ। पिरो खानेकुरा खाएपछि त्यसलाई मेट्न र खानेकुराहरूको स्वाद लिन स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिन पनि यो नयाँँ क्याम्पेन सुरु गरिएको कम्पनीले जनाएको छ। क्याम्पेनको पहिलो प्रयासमा कम्पनीले टिभी कमर्सियल बनाएको छ। जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ।

यस्तै स्प्राइट नेपालको सामाजिक सञ्जालहरूमा पनि रमाइला जिफ र स्पाइसी फुड मोमेन्टका भिडियोहरू राखेर ‘पिरोको झट्का स्प्राइटले मेटा’ क्याम्पेन सञ्चालन गरिएको छ। त्यस्तै विभिन्न सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग पनि सरप्राइज कोल्याबोरेसन गरिएको छ जुन स्प्राइट नेपालको सामाजिक सञ्जालहरूमार्फत चाँडै नै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ। क्याम्पेनको बारेमा बोल्दै कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नयाँँ क्याम्पेनले पिरो खानेकुराहरूको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको बताएका छन्।

प्रकाशित: १७ माघ २०७९ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App