१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भक्तपुरका औषाधि पसलेहरुले गरेनन् नवीकरण

भक्तपुरको च्याम्हासिंहमा रहेका धेरै औषधि पसलेहरुले नवीकरण नगरेको भेटिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशनमैंया सुवालको नेतृत्वमा मंगलबार नगरको च्याम्हासिंहमा रहेका ५ वटा औषाधि पसलहरुको अनुगमन गर्दा यस्तो भेटिएको हो। अनुगमनमा पसलमा औषाधि विक्रीको लागि फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट अनुमति नलिएकाहरु बसिराखेको भेटिएको जनाइएको छ।  

अनुगमनमा लोकहित डेण्टल होम २०७१ सालदेखि नगरपालिकामा बिना दर्ता संचालन गरेको पाइएको जनाइयो। त्यसैले तीन दिनभित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो। साथै सेवासुविधाको विवरण र मूल्यसूचि राख्न निर्देशन दियो।  

च्याम्हासिंह मेडिकल हल ३÷४ बर्षदेखि नवीकरण विना संचालन भएको भेटियो। पसलमा औषाधि विक्रीको लागि फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट अनुमति नलिएका बसिराखेकोले नवीकरण गरी नगरपालिकामा तीन दिनभित्र उपस्थित हुन निर्देशन दियो। त्यस्तै कल्याण फर्मेसी १ बर्ष अगाडिदेखि विना दर्ता संचालन भएकोले पसल दर्ता गरी तीन दिनभित्र नगरपालिकामा दर्ता प्रमाणपत्र लिएर उपस्थित हुन निर्देशन दियो। साथै मानसिक रोगीको औषाधि विक्री गर्दा तथ्याड्ढ लगत राखेर मात्र विक्रीवितरण गर्न निर्देशन दियो।  

नवदुर्गा औषाधि पसल ३÷४ बर्षदेखि नवीकरण नगरेकोले त्यही नवीकरण गराएर म्याद नाघेको औषाधिहरु ओविचेक–१०० एस आर एक बट्टा र फेबु –४० एक बट्टा भेटिएको जफत गरी नष्ट गरिएको अनुगमनमा सहभागी वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

अनुगमनमा अनुगमन समितिका सदस्य रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेश शाखाका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक भगउर हरिजन, प्रहरी अवल्दार पदम पौडेल, प्रहरी हवल्डार प्रदीप थापा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद बाटी, ख्वप अस्पतालका मनिष ज्याख्व सहभागी थिए।

प्रकाशित: १० माघ २०७९ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App