७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकले स्टार हस्पिटल र अल्फा केयरसँग गर्‍यो सम्झौता

महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले ललितपुरस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरस्थित अल्फा केयर स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले ती संस्थाले दिने सेवाहरूमा विषेश छुट पाउनेछन्। बैंकका ग्राहकले स्टार हस्पिटल र अल्फा केयरमा अधिकतम १५ प्रतिशत छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकको पहुँच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ४ माघ २०७९ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App