१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

प्राइम बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न

प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा उक्त साधरणसभा सम्पन्न भएको हो। सभाले आर्थिक बर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको चुक्ता पुँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस शेयर दिने निर्णय गरेको छ।

यस्तै चुक्तापुँजीको ४ प्रतिशतका दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोडभन्दा बढी हुने बैंकले जनाएको छ। सभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा राजेन्द्रदास श्रेष्ठ,उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन्।

प्रकाशित: १ माघ २०७९ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App