७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रश्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव गरेको थियो।

समीक्षा वर्षको मुनाफाबाट प्रश्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी यसवर्ष २७ अर्ब नाघेको छ। साधरणसभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक निर्वाचित गरेको छ। नबिल बैंक आ.व. २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो।

प्रकाशित: २९ पुस २०७९ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App