coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘शिवमसँग उपहार टन्न’ योजनाको लक्की-ड्र

शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजनाको मासिक लक्की ड्रअन्तर्गत पहिलो महिनाको विजेताहरूको नाम लक्की-ड्रमार्फत सार्वजनिक गरेको छ। कम्पनीले पत्रकार सम्मेलन गरी उपभोक्तातर्फ ३० जना र बिक्रेतातर्फ ४० जना विजेताहरूको नाम सार्वजनिक गरेको हो।

कम्पनीले मंसिर १८ गतेदेखि उक्त उपहार योजना सार्वजनिक गरेको थियो जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्रयाच कुपन प्राप्त गरेका थिए।

लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत बाग्मती-पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्स्ट्रक्सनका दुई जोडीले थाइल्यान्ड भ्रमणको अवसर पाएका छन्। यस्तै दोस्रो पुरस्कार अन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानान्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार जितेका छन्।

तेस्रो पुरस्कारअन्तर्गत बालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार जितेका छन्।  

प्रकाशित: २८ पुस २०७९ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App