४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निरन्तर घट्दै राजस्व संकलन

विराटनगर भन्सार कार्यालयको राजस्व निरन्तर घट्दै गएको छ। विश्वव्यापी आर्थिक मन्दीका कारण आयात घट्नु र निर्यात पनि बढ्न नसक्दा भन्सारको राजस्व संकलनमा निरन्तर दबाब परिरहेको छ।  विराटनगर भन्सारले चालु आर्थिक वर्षको कुनै पनि महिना लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन।

 मंसिर महिनामा त झन् लक्षको तुलनामा ५० प्रतिशत पनि राजस्व संकलन नभएको विराटनगर भन्सार कार्यालयको तथ्याँकले देखाएको छ। चालु आर्थिक वर्ष ०७९÷८० को मंसिर महिनामा विराटनगर भन्सार कार्यालयको राजस्व लक्ष ४ अर्ब ९२ करोड ६१ लाख ४८ हजार तोकिएकोमा  २ अर्ब ३३ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व संकलन ग¥यो। मंसिर महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ४७.३७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। यस्तै कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ६१.४८ प्रतिशत राजस्व संकलन गरेको  छ। 

कात्तिक महिनाका लागि ४ अर्ब ७७ करोड ५० लाख ७८ हजार रुपैयाँ राजस्वको लक्ष तोकिएकोमा २ अर्ब ९३ करोड ५८ लाख ८१ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको  छ।  यस्तै साउन महिनामा लक्षको ८०.९०, भदौ महिनामा लक्षको ६५.२३, असोज महिनामा लक्षको ५५.१३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। साउन महिनामा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा २ अर्ब ९५ करोड १४ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भदौ महिनामा ४ अर्ब ८६ करोड ८५ लाख २९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा ३ अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै असोज महिनामा ५ अर्ब ५ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा २ अर्ब ७८ करोड ६७ लाख ८२ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।  

प्रकाशित: २२ पुस २०७९ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App