२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलले घटायो भ्वाइस कल शुल्क

एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट १.६२ रूपैयाँ कायम गरेको छ।

कम्पनीले प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात् पेएजयुगोको नयाँ महसुल दर कायम गरेको हो।

नयाँ महसुल दर पुस १७ गतेदेखि लागु भएको छ। यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा करबाहेक १.९९ रूपैयाँ शुल्क लाग्दै आएको थियो।

नयाँ शुल्क लागु भएसँगै एनसेलका ग्राहकले  अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दरमा करसहित प्रतिमिनेट २.०५ पैसामा कल गर्न सक्नेछन्। यसअघि यो शुल्क करसहित२.५२ रूपैयाँ रहेको थियो।

ग्राहकलाई गुणस्तरीय सेवा सुलभदरमा प्रदान गर्दै उत्कृष्ट सेवा उपयोग गरेको अनुभव प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ।  

प्रकाशित: १८ पुस २०७९ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App