आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ जित निकालेको छ।
सामाखुसीस्थित घरेलु कोर्टमा ज्ञान संस्कारले राजन मेमोरियललाई २६–१७ ले पराजित गर्यो। ज्ञान संस्कारका विकल्पराज भण्डारीले ११ अंक जोडे। ब्वाइजमै पारामाउन्ट एकेडेमीले क्यान्भास वसन्त ऋतुलाई २८–२०, स्किब्सले काठमाडौं युरोलाई २७–२२, जेबी स्कुलले रिलायन्स को–एडलाई ३९–२९, डाफोडिलले भद्रकालीलाई ३४–२५, न्युटनले अपीलाई ३२–२७, हिमशिलाले रिलायन्सलाई १९–१८ र ल्यान्डमार्क एकेडेमीले काठमाडौं इङलिस स्कुललाई २२–२० ले हराए।
गर्ल्समा ग्रिनल्यान्डले क्यान्भासलाई २४–१८, बागमतीले ज्ञान संस्कारलाई १५–१३, प्रारम्भ वर्ल्डले ज्ञान संस्कारलाई ३१–३०, भ्याली पब्लिकले ल्यान्डमार्कलाई ३४–२४, बागमतीले न्युटनलाई २५–२२ र काठमाडौं भ्यालीले अपीलई ३१–२१ ले हराए।
प्रकाशित: १९ माघ २०८२ ०८:४२ सोमबार





