१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ। उक्त सर्भिस क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो।

स्वराज ट्रयाक्टरका ग्राहकलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज गर्ने सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ। यस्तै ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्था परीक्षणका लागि कम्पनीले निःशुल्क बडी चेकअप र रक्तचाप जाँच गर्ने व्यवस्था पनि गरेको थियो।

यसका साथै क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहारस्वरूप गल्फको टी-शर्ट, कि-रिङ र डटपेन प्रदान गरिएको थियो। क्याम्प नेपाल ल्युब आयल र यसको आधिकारिक ओइएम सेल्स पार्टनर राजेश ट्रेडर्स एन्ड सप्लायर्सको संयुक्त आयोजनामा भएको थियो।

कम्पनीका अनुसार ‘स्वराज ट्र्याक्टरका ग्राहकलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ सम्बन्धमा सुसूचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो। क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरू सहभागी थिए।

प्रकाशित: १७ पुस २०७९ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App