८ वैशाख २०८१ शनिबार
अर्थ

उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्छुः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन्।

बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल इन्भेष्टमेण्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताएका हुन्।

उनले चेम्बरले मुलुकको आर्थिक समुन्नतीको लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताए। मुलुकको आर्थिक उन्नती अहिले सबैको सरोकारको विषय भएको बताए। अर्थमन्त्री पौडेलले चेम्बरले उठाएका मागहरुलाई छलफल गरेर सकारात्मक समाधान गर्ने प्रयास गर्ने प्रतिवद्धता जनाए।

नेपाल उद्योग व्यापार महासंघ सँगको छलफलमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको उनले बताए। व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्ने उनको भनाइ छ। त्यस्तै अर्थमन्त्री पौडेलले शेयर बजार सुधारको लागि आवश्यक पहल गर्ने पनि बताए। 

प्रकाशित: १४ पुस २०७९ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App