८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको २० औं वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंकको २० औं वार्षिकोत्सव सम्पन्न भएको छ। बैंकले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरेको हो। कार्यक्रममा नेपाल राष्ट्र ब्का डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको सबल पक्षहरूको उल्लेख गर्दै आगामी दिनहरूका लागि दीगो प्रगतिको शुभकामना व्यक्त गरेका छन्। यस्तै बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाले बैंकको संक्षिप्त यात्राको वर्णन गर्र्दै धन्यवाद मन्तव्य दिएका छन्।  

कार्यक्रममा नेपाल धितोपत्रबोर्डका अध्यक्ष रमेशकुमार हमाल, बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, संस्थापक अध्यक्ष चिरंजीलाल अग्रवाल, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, संस्थापक तथा शेयरधनीलगायतका व्यक्तिहरू तथा ग्राहकको सहभागिता रहेको थियो।

प्रकाशित: १२ पुस २०७९ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App