१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंक र गुरु ट्राभल्सबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता भएको छ। बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी ‘गुरु ट्राभल्स लिमिटेड’ सँग व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो। सम्झौता पश्चात् बैंकका खातावाला तथा ग्राहकले ‘गुरु ट्राभल्स लिमिटेड’ मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त गर्न सक्नेछन्।  

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ। 

प्रकाशित: १२ पुस २०७९ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App