७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

टाटाको मेगा सर्भिस क्याम्प सुरु

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले १२ वटा ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको सुरुआत गरेको छ।  

क्याम्पको उद्घाटन टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सिइओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर अजीत नारायण सिंह, सिप्रदीका सीइओ राजेशप्रसाद गिरी र सिप्रदीका उपाध्क्ष्य सौरभराज थपलियाले संयुक्त रूपमा गरेका छन्।  

काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित केन्द्रहरूबाट कम्पनीले मेगा सर्भिस क्याम्प सुरु गरेको हो। तीन दिने यो क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने तथा जाँच गराउँदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीले हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीको बजार द्रुत गतिमा भइरहेको अवस्थामा ग्राहकलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना भइरहेको जनाएको छ। यस क्याम्पमा ग्राहकको उत्साहजनक सहभागिता हुने विश्वास कम्पनीले राखेको छ।

त्यसैगरी कम्पनीले बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरूमा पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबार, हेटौडा , सर्रा, धनगढी, नेपालगञ्जबाट यसअघि नै सेवा दिन थालेको हो।

प्रकाशित: १२ पुस २०७९ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App