६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकका ८ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। गत शुक्रबारदेखि बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ स्थित धारापानी, महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ स्थित बडागाउँ, नेटा र वडा नम्बर २ स्थित मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका २ स्थित गुराँसमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।  

यसका साथै बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा ६ स्थित धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा ९ स्थित बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका ७ स्थित हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २८३ पुगेको छ।

प्रकाशित: १० पुस २०७९ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App