१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सानिमा र स्मलवर्ल्ड बीच सम्झौता

सानिमा बैंक र स्मल वर्ल्डबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ। सम्झौताले युरोपका विभिन्न देशबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्ने भएको छ।

सम्झौता अनुरूप युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ। यस्तै बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाइएको रकम नेपालभरि १६,००० भन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ।

यसका साथै युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ। सानिमा बैंकको रेमिट्यान्स मार्फत युएई, मलेसिया, कतार, युके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ। साथै बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ।

प्रकाशित: ८ पुस २०७९ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App