१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा

बैंक अफ काठमाण्डूको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधरणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

साधारणसभाले समितिको प्रतिवेदन पारित गरी नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरू स्वीकृत गरेको छ। यसका साथै सभाले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा कायम भएको बैंकको चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पुँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ।

साथै, विशेष प्रस्तावहरू अन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस अनुसार शेयर स्वाप अनुपात १ः१ मा रही मर्जर सम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णय सम्बन्धमा सम्पूर्ण प्रस्तावहरू सभाले पारित गरेको छ।  

प्रकाशित: २५ मंसिर २०७९ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App