२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आइएमईले आइपिओ निष्कासन गर्ने

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई पब्लिक कम्पनीमा परिणत भएको छ। पब्लिक कम्पनी भएसँगै आइएमईले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।

कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव आइएमईको २२औं साधारणसभाबाट पारित भएको छ ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण भए पनि २३ वर्षअघि कम्पनी सुरु गरेको बताए। अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताए।

कार्यक्रममा आइएमई समूहका सह(संस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यावसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए। कार्यक्रममा आइएमई समूहका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका सञ्चालक सुमन पोखरेल र समूहका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए।

नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए।

आइपिओ निष्कासनका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त हुनासाथ यो प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ।

आइएमईले दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ। नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा स्थापना भएको थियो। कम्पनीले रेमिटेन्सको माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ।

प्रकाशित: १८ मंसिर २०७९ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App