५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनको तयारी

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाको सहकार्यमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउन दुबै संस्थाबीच  सम्झौता भइसकेको उद्योग संगठन मोरङले जनाएको छ। दक्ष जनशक्तिको अभावमा भारत लगायतका देशबाट उद्योगहरूले  दक्ष जनशक्ति ल्याउनु्पर्ने बाध्यता रहेको र नेपाली  युवाहरू रोजगारीको खोजीमा भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न ओद्योगिक दक्ष जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउन लागिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए।

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ती र बजारमा उपलब्ध जनशक्तीका बीचको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजना बीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र संचालन सम्वन्धी सम्झौता भएको प्याकुरेलले जानकारी दिए।  

दुवै संस्था बीच भएको सम्झौता अनुरुप उक्त केन्द्रले आगामी दिनमा उद्योगहरुलाई आवश्यक दक्ष जनशक्तीको तथ्यांक संकलन, उद्योगको आवश्यकता अनुरुप तालिम सञ्चालनका लागि प्रदायक संस्थाहरु बीच पुलको भूमिका निर्वाह गर्नेछ। यस्तै समयानुकुल पाठ्यक्रम परिमार्जनका सम्वन्धमा नीतिगत सुझावहरु सम्बन्धित निकायमा दिनेछ। त्यसैगरी  नीजि क्षेत्र, तालिम प्रदायक संस्थाहरु एव नेपाल सरकारका सरोकारवाला निकायहरुबीच  निरन्तर सहजिकरण गरि जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ। दीगो रुपमा औद्योगिक दक्ष जनशक्ति उत्पादनका लागि समन्वय गरी प्रदेश नं.१ कै प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य  रहेको छ।  सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन्।  

गतवर्षदेखि दुवै संस्थाको सहकार्यमा उद्योग संगठन मोरङमा शिप विकास इकाई संचालनमा रहेको छ। इकाइले विभिन्न उद्योग व्यवसायसंग समन्वय गरी अप्रेन्टिसीप मोडेलमा ३३ जना प्रशिक्षार्थीहरुलाई रोजगारीको व्यवस्था गरको छ। संगठन र परियोजनाको समन्वयमा पि.एल.सि., वोइलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम संचालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरु संचालन गर्ने तयारी पनि भएको उद्योग संगठन मोरङले जनाएको छ।  

प्रकाशित: १३ मंसिर २०७९ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App