५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

नेशनल लाईफद्वारा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

नेशनल लाईफ इन्स्योरेन्सले सुदूर पश्चिमको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई बिमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीमा कार्यरत अभिकर्ताहरूलाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीतिअनुरूप अभिकर्तासँग सम्बन्धित कार्यक्रमहरू आयोजना गर्दै आइरहेको जानकारी दिए।

कार्यक्रममा महेन्द्रनगर शाखासँग आवद्ध भई जीवन बिमा व्यवसायमा सक्रिय भएका करिब १७५ जना अभिकर्ताहरूको उपस्थिति थियो भने सो शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। 

प्रकाशित: ११ मंसिर २०७९ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App