२९ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

छ महिनामा १५ सय २० ट्रेडमार्क दर्ता

चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा १५ सय बढी ट्रेडमार्क दर्ता भएका छन्। चालु आवको साउनदेखि पुस मसान्तसम्म उक्त संख्यामा ट्रेडमार्क दर्ता भएको हो। 

उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार ६ महिनामा एक हजार पाँच सय २० वटा ट्रेडमार्क दर्ता भएको छ। ट्रेडमार्क दर्तासँगै ट्रेडमार्क जुध्ने समस्या पनि बढ्न थालेको सूचना अधिकारी दाहाल बताउँछन्।  

यस अवधिमा उस्तै–उस्तै ट्रेडमार्क भएको भन्दै विभागमा सयौंको उजुरी परेका छन्। जसमध्ये ४३ वटाको भने विभागले फैसला पनि गरिसकेको अवस्था छ। दुई वटाको फैसला पुस महिनामै भएको हो। चालु आवको साउनमा चार सय ३२ वटा, कात्तिकमा ६१ वटा, मंसिरमा पाँच सय २३ वटा र पुसमा पाँच सय चार वटा टे«डमार्क दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ। जेनजी आन्दोलनले गर्दा कार्यलयमा क्षति पुगेकाले भदौ र असोज महिनाको दर्ता तथ्यांक राख्न नसकिएको विभागले जनाएको छ।  

ट्रेडमार्क वस्तु उत्पादन दर्ता ३४ वर्ग दर्ता हुने गरेकोमा सेवा सम्बन्धी ११ वर्ग दर्ता हुने गरेको विभागले जनाएको छ। चालु आवकोे अन्त्यसम्ममा ट्रेडमार्क दर्ता संख्या ७३ हजार आठ सय १५ पुर्याउने लक्ष्य विभागको रहेको छ।  कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरूको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द चिह्न वा चित्र वा शब्द, चिह्न र चित्र तिनै कुराको संयोगलाई नै ट्रेडमार्क भनिन्छ। पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ अनुसार ट्रेडमार्क दर्ता गरिन्छ।

उद्योग विभागमा दर्ता भएको ट्रेडमार्क दर्ता भएको मितिले एक वर्षसम्ममा प्रयोगमा नल्याए विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क दर्ता खारेज गर्न सक्ने कानुनी प्रावधान रहेको छ। उद्योग विभागमा दर्ता गरिएको मितिबाट सात वर्षसम्म सो ट्रेडमार्क उपर ट्रेडमार्कवालाको हक लाग्नेछ। सात वर्ष पुग्न ४५ दिन अगाडि पुन नवीकरण गर्नुपर्ने हुन्छ।

ट्रेडमार्क दर्ताका लागि पाँच हजार शुल्क लाग्ने विभागले जनाएको छ। कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने वा सर्वसाधारण जनताको सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा नराम्रो असर पर्ने वा अरू कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने सम्भावना छ भने सो ट्रेडमार्क पहिले अरू कसैको नाममा दर्ता भइसकेको देखिएमा सो ट्रेडमार्क दर्ता हुँदैन।

प्रकाशित: २५ माघ २०८२ २०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App