coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

चिनियाँ संस्कृति उपमन्त्रीको भ्रमण

चिनियाँ संस्कृति उपमन्त्री ली छुनको पाँच दिवसीय नेपाल भ्रमण सम्पन्न भएको छ। चिनियाँ सहयोगमा निर्माण सम्पन्न भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदा अवलोकनका लागि उनी शुक्रबार साँझ नेपाल आएका थिए।  

नेपालमा निर्वाचनको माहोल तालिरहेका बेला चिनियाँ संस्कृति उपमन्त्री नेपाल भ्रमणमा आएका हुन्। तथापि उनको नेपाल भ्रमण विशुद्ध सांस्कृतिक भ्रमण भएको र भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल भ्रमणका क्रममा छुनले काठमाडौ र नुवाकोटमा चिनियाँ सहयोगमा निर्माण भएका सांस्कृतिक सम्पदाको अवलोकन गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App