coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

नेपाल बेलायत वार्ता: अध्ययन गरेर पुनः वार्ता बस्ने बेलायतको अडान

आन्दोलनरत भूपूगोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच औपचारिक वार्ता शुरु भएको छ।

नेपाली दुतावास लण्डनका अनुसार मंगलबार बेलायतस्थित रक्षामन्त्रालयमा भएको वार्तामा नेपाली टोली नेतृत्व बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गरेका थिए भने बेलायतको तर्फबाट रक्षा रामज्यमन्त्री डा एन्ड्रिउ मरिसनले गरेका थिए।

वार्तामा वैठकमा नेपाल सरकारको तर्फबाट आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी लगायतका मागहरु सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए।  

बेलायत सरकारको तर्फबाट वार्तामा सहभागी रक्षा राज्य मन्त्री मरिसनलले भूपूगोर्खाका माग वारेमा  विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने अडान लिएका थिए।

भूपूगोर्खाका प्रतिनिधि मेजर जुदबहादुर गुरुङ्गले वार्तामा भूपू गोर्खाहरुको मागका विषयमा आफ्ना धारणा राखेका थिए।  

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत आचार्यसहित नेपाली राजदूतावासका उपनियोग प्रमुख  रोशन खनाल,र  सैनिक सहचारी महासेनानी  रत्नबहादुर गोदार सहभागी थिए।

यस्तै भूतपूर्व गोर्खाहरुको तर्फबाट मती पुष्पा राणा घले,  धनबहादुर गुरुङ्ग तथा बेलायतको सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीसहित रक्षा मन्त्रालय एवं अन्तर्गतका बिभिन्न पदाधिकारीहरु  सहभागी भएको लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालले जनाकारी दिइन्।

प्रकाशित: १७ कार्तिक २०७९ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App