८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाली युवा पौडेलले न्युजिल्यान्ड टिपुकेमा जिते चुनाव

तस्वीर: अनीस पौडेल।

प्रशान्त महासागरको टापु देश न्युजिल्यान्ड टिपुकेको कम्यूनिटी बोर्ड सदस्यमा म्याग्दीका अनीस पौडेल निर्वाचित भएका छन्। न्युजिल्यान्डको स्थानीय निर्वाचनमा र्बोड सदस्यमा उम्मेदवारी दिएका म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका पौडलले विजय भएका हुन्।

युवा व्यवसायी, समाजसेवी तथा बैंकर पौडेलसँगै बोर्ड सदस्यमा प्रतिस्पर्धी १० जनामध्ये ४ जना निर्वाचित भएकोमा सबैभन्दा लोकप्रिय मत प्राप्त गरेका छन्। न्युजिल्यान्ड टि पुकेमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुर्याउन सहज भएको पौडेलले बताए।

‘मेरो अबको यात्रा थप सहज भएको छ,‘समुदायको मन जित्ने गरी थप काम गर्नेछु’ पौडेलले भने। उनले टिपुकेमा रहेका समुदायको अनुकुल योजना बनाउने, समुदायमा आधारित कार्यक्रमसहितको योजनाहरु बनाउने भूमिकामा प्रवेश गरेको बताए। डिस्ट्रिक काउन्सिलरसँग प्रत्यक्ष कार्यक्रममा समेत सहभागी भएर काम गर्ने बताए। स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) र प्रोटेक्सजन टु रिकग्जनाइज ट्रेडिसन सिद्धान्त रहेको जनाउंदै पौडेलले चुनावी अभियानमा गरेका प्रतिवद्धता पुरा गर्ने बताए।

टिपुकेमा जनताका हक–हित र कल्याण प्रमुख नीतिसहितको एजेण्डा लिएर पौडेल चुनावी मैदानमा होमिएका थिए। उनका एजेण्डालाई मतदाताले समेत रुचाएका थिए। लामो समयदेखी न्युजिल्यान्ड बसेका पौडेल को बुवा कीभी फ्रुट व्यवसायमा आवद्ध छन् भने पौडेल वेष्ट प्याक बैंकमा आवद्ध छन्। पौडेलका बुबा समेत न्यूजिरल्यान्डमा रहेका नेपाली समुदायसँग आधारित एआरएनएसहितका विभिन्न संघसंस्थामा कार्यरत छन्।

प्रकाशित: २४ आश्विन २०७९ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App