२९ पुस २०८२ मंगलबार
image/svg+xml
प्रवास

दीक्षितको बचाउमा लागे बेलायतमा कार्यरत दर्जन समूह

लन्डन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका साझा यातायतका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितको बचाउ गर्दै बेलायतका बिभिन्न विश्वविद्यालयमा कार्यरत एक प्राज्ञिक समूहले विज्ञप्ति जारी गरेका छन्।

cd4f69a6065be020b634e00e39738ab6_L.jpg

ब्रिटेन नेपाल प्रज्ञापरिषदले बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालले पत्रकार कनकमणि दीक्षितका सन्दर्भमा गम्भीर चासो व्यक्त गरेको हाे।

परिषद्का तर्फबाट विज्ञप्ति जारी गर्दै महासचिब कृष्ण अधिकारीले दीक्षित ख्यातिप्राप्त पत्रकार एवं नागरिक समाजका अग्रणी व्यक्तित्व भएकाे दाबी गर्दै अख्तियारकाे कदमप्रति असन्तुष्टि जाहेर गरेका हुन्। देशको सुशासन र स्वास्थ्यका निम्ति अख्तियारको भूमिका अपरिहार्य र बलियो हुनु जरूरी रहेको स्मरण गर्दै परिषद्ले अख्तियारको कामकारबाही प्रक्रियागत र स्थापित मूल्यमान्यताअनुरूप हुनुपर्नेतिर ध्यानाकर्षण गराएको हो। अख्तियारका कदमहरू निष्पक्ष र समानुपातिक हुनुपर्ने तथा उसको आफ्नै छविसमेत स्वच्छ हुनुपर्ने परिषद्ले बताएको छ।

हिरासतमा दीक्षितलाई परिवार र वकिलसँग समेत सहज पहुँच नदिइएको समाचार सत्य भए यो खेदजनक भएको परिषदको विज्ञप्तिमा उल्लेख छ।

बेलायतका अक्सफोर्डलगायतका विश्वविख्यात विश्वविद्यालयका प्राध्यापक तथा समाजका प्राज्ञिक व्यक्तित्वहरू सम्मिलित उक्त संस्थाका अध्यक्ष प्रो डेभिड़ गेलनर, प्रो सूर्य सुवेदी, प्रो माइकल हटल गायतका एक दर्जनभन्दा बढी प्राज्ञहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन्। परिषदले हरेक वर्ष नेपाललक्षित गरेर भाषा, साहित्य, समाजजस्ता विषयमा विश्वविद्यालयस्तरमा अनेक कार्यशाला, गोष्ठी र अनुसन्धानका कार्यक्रमहरू अघि बढाउँदै आएको छ।

प्रकाशित: १६ वैशाख २०७३ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App