९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

भूकम्पपीडित जापानीलाई एनअारएनले खुवायो नेपाली खाना

टोकियो— टोकियो—जापानको दक्षिण पश्चिम क्षेत्र कुमामोतो राज्यमा गएको विनासकारी भूकम्पका कारण प्रभावित जापानीलाई राहत वितरण गर्न एनआरएनए जापानको विशेष टोली सो स्थानमा पुगेको छ। एनआरएन जापानको विशेष राहत समितिले सो ठाउँमा शिविरमा बसिरहेका ६ सय जना भूकम्पपीडितलाई नेपाली खाना खुवाएको छ।अप्रिल १४ तारिक बिहीबार र १६ तारिक शनिवार गएको शक्तिशाली भूकम्पका कारण हजारौंको सख्यामा स्थानीय शिविरमा बसोबास गर्दै आएको अवस्थामा नेपाली समुदायका अगुवाहरु सहयोगमा जुटेका हुन्।

सहयोग कार्यक्रमको पहिलो चरणमा पोषिलो खाना तथा भिटामिन सहितको पिउने पानी वितरण गरिएको थियो। बुधवार खाना खुवाउने कार्यक्रम अन्तर्गत नेपाली खाना खुवाइएको हो। कुमामोतो गाकुइन विश्वविद्यालयमामा आयोजना भएको सो कार्यक्रममा सोही विश्वबिद्ध्यालयमा शरण लिएर बसेका जापानी नागरिकहरू सहभागी भएका थिए।
jpana
'नेपालीलाई विपतको वेला सबै किसिमले सहयोग गर्ने जापानीहरुमा बिपत् परेको बेला सहयोग गर्ने उद्देश्यले खाना खुवाउने कार्यक्रम राखिएको हो', एनआरएनए जापानका अध्यक्ष तथा बिशेष राहत समितिका संयोजक सुदन थापाले भने, 'अब हामी यहाँका नेपालीसँग प्रत्यक्ष भेटघाट गर्नेछौं।'

भोजन गराउने नेपालीको मायालाई जापानीले नजिकबाट महसुस गरेको अनुभव भएको एनआरएनए जापानका सल्लाहकार तथा जापानका नेपाली समुदायका अगुवा जिज्ञान कुमार थापाले बताए। 'शिविरमा बसिरहेका उनीहरु खाना पाउँदा खुशी थिए', उनले भने, 'उनीहरुले खुशीपूर्वक हामीले पकाएर दिएको खाना खाइदिए।'
jpana2
कार्यक्रमम कुमामोतो शहरका मेयर काजूफूमि ओनिशी र कुमामोतो गाकुइन विश्वविद्यालयका निर्देशक जुनीचि मेगूरोको पनि सहभागी थिए। कार्यक्रम सम्पन्न भएपश्चात मेयर काजूफूमीले दुःखद् घडिमा गरेको सहयोग गरेकोभन्दै नेपाली समुदायप्रति आभार ब्यक्त गरेका थिए।

सन् २०११ मा जापानको फुकुशिमा शहरमा आएको बिनाशकारी भूकम्प पश्चात् आएको सुनामीले ध्वस्त बनेको त्यस शहरका जापानीलाई जापानबासी नेपालीहरूले नेपाली खानाका साथै अन्य सहयोग गरेको भन्दै गत बैशाख १२ गतेको नेपालको भूकम्प पश्चात् नेपाल सरकारले आयोजना गरेको दाता सम्मेलनमा जापानका परराष्ट्र मन्त्रि फूमीयो किशिदा ले प्रशंसा गरेका थिए।

प्रकाशित: ८ वैशाख २०७३ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App