१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

उपप्रधानमन्त्री कमल थापा लन्डन आउने

लन्डन -उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा २ दिने भ्रमणका लागि लन्डन आउने भएका छन् । न्युयोर्कमा हुने जलवायु परिवर्तनसम्वन्धी कार्यक्रममा सहभागी भएर फर्किने क्रममा मन्त्री थापा लन्डन आउन लागेको नेपाली दूतावास लन्डनले जनाएको छ । मन्त्री थापा २७ अप्रिल विहान लन्डनस्थित हिथ्राे विमानस्थलमा उत्रेपछि सोही दिन बेलायतस्थित सरकारी अधिकारीहरुसँग भेटघाटको कार्यक्रम तय भएको बुझिएको छ ।
त्यसपछि, मन्त्री थापा २७ अप्रिल साँझ नेपाली दूतावास लन्डन र नेप्लिज क्याटरिङ एसोसियसन यूकेले आयोजना गर्ने औपाचारिक कार्यक्रममा सहभागी हुने छन् । थापाले नेपाल — बेलायत सम्बन्धको २ बर्ष गाँठको अवसरमा प्रकाशन हुन लागेको टेष्ट अफ नेपाल बिशेष म्याग्जिनको विमोचन गर्ने कार्यक्रम छ।
 
नेपाली क्याटरिङ एसोसियसनका अध्यक्ष बिजय थापाका अनुसार बेलायतस्थित नेपाली ब्यवसायीहरुको सञ्चालन गरेको रेष्टुरेन्टहरुका डाइरेक्ट्री र नेपाली खानाको परिचयसहित सो म्याग्जिन विमोचन उपप्रधान तथा परराष्ट्र मन्त्री थापाले गर्ने कार्यक्रम छ । मन्त्री थापाको उपस्थितिमा सोही दिन बिषेश च्यारिटी डिनरको समेत आयोजना गरिने भएको छ।

नेपाली खानाको परिकारलाई बेलायती बजारमा परिचय गराउने उद्देश्यले नेपाली दूतावास लन्डन र एसोसियसन पहलमा टेष्ट अफ नेपालको बिशेष अंक निकाल्ने तयारी गरिएको हो ।

नेपाल बेलायत सम्बन्धको २ बर्ष गाँठ मनाउन सरकारद्धारा गठित उच्चस्तरीय समितिका संयोजक समेत रहेका थापाले गतबर्ष बेलायत सरकारको निमन्त्रणामा औपाचारिक भ्रमण गरेका थिए ।

मन्त्री थापा लन्डन आउन अघि अमेरिकास्थित राप्रपा नेपालको भ्रातृ संगठनको कार्यक्रममा सहभागी हुनेछन् । अमेरिकामा रहदा थापाले सरकारी उच्च अधिकारीहरुको भेटघाट तथा त्यहाँस्थित नेपाली समूदाय बीच अन्तरक्रिया कार्यक्रम सहभागी हुने बताएको छ ।

प्रकाशित: ६ वैशाख २०७३ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App