'यो सम्मेलन आयरल्याण्डमा मात्र नभइ समग्र युरोपभरि नेपालको सामाजिक अर्थिक विकाशमा रणनीतिक योजना र समझदार निर्णयहरु लिनका लागि बृहत्तर सहयोग गरिरहेका बिभिन्न संस्थाहरुबाट स्रोत, ज्ञान र अनुभवहरु जुटाउन महत्वपूर्ण कदम हुनेछ,' आयरल्याण्ड समेत हेर्दै अएका लण्डनस्थित नेपाली दुतावासका कार्यवाहक राजदुत तेजबहादुर क्षेत्रीले भने ।
आयरल्याण्डमा रहेर नेपालमा काम गरिरहेका र चासो राख्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुबीच अन्तरक्रिया, सञ्जाल निर्माण र सूचना आदानप्रदानका लागि सम्मेलन उपयोगि हुने विश्वास आयोजकको छ ।
सम्मेलन आयरल्याण्डमा रहेका नेपालमा चासो राख्नेहरुको महाभेला हुनेछ । 'नेपालको पुनरुत्थान प्रकृयामा आइरिस जनताले उत्साहबर्धक योगदान पुर्याएका छन् र हरेक बर्ष नेपाल आउने आइरिस पर्यटकको संख्या पनि ठूलो छ । कार्यक्रमले यो सम्वन्धलाइ मज्बुत बनाउने छ', नेपाल आयरल्याण्ड सोसाइटिका अध्यक्ष तथा आयरल्याण्डका लागि नेपाल पर्यटन बोर्डका मानर्थ जनसम्पर्क प्रतिनिधि दीपेश मान शाक्यले भने ।
सम्मेलन सर्वसाधारणका लागि समेत खुला रहने र नेपाल भ्रमण गर्न चाहानेहरुका लागि स्रूचना र परामर्शका लागि उपयोगि हुने आयोजकले जनाएको छ ।
नेपाल र आयरल्याण्डबीच ब्यापार, पर्यतन प्रबर्धन, लगानी बढाउन प्रविधि हस्तान्तरणको संभाब्यता पहिचान गर्न र आयरल्याण्डलाइ नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको गन्तब्यको रुपमा प्रवद्र्धन समेत सम्मेलनलाइ उपयोग गरिने जनाइएको छ ।
गतसाल भाद्र महिनामा पनि नेपाल आयरल्याण्ड सोसाइटिले नेपाल भूकम्प सम्मेलन आयोजना गरेको थियो । जसबाट नेपाल आयरल्याण्ड एलाएन्स बनेको थियो ।
प्रकाशित: २६ चैत्र २०७२ २२:४६ शुक्रबार





