१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

दुवईमा सिल्भर स्पुनको दोस्रो शाखा

युएई- कुनै बेला रोजगार गन्तव्य ठानिने युएईमा व्यवसाय गर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। यसै परिप्रेक्ष्यमा युएईको नेपाली समुदायमा सफल महिला व्यवसायीको रुपमा परिचित दीपा पाण्डेले सिल्भुर स्पुन क्याफ्टेरियाको दोस्रो शाखा सञ्चालनमा ल्याएकी छन्।

पाण्डे दुवैको वरदुबई स्थित सिल्भर स्पुन रेस्टुरेन्टकी पनि सञ्चालक हुन्। साेही ब्रान्डलाई विस्तार गर्दै उनले फुजेरामा अर्को रेष्टुराँ सुरु गरेकी हुन्।

युएईको फुजेरामा सञ्चालनमा अाएको सिल्भर स्पुन क्याफ्टेरियाको औपचारिक रुपमा शुक्रबार उद्‌घाटन गरिएको छ। फुजेराको सिकमकम क्षेत्रमा रहेको उक्त क्याफ्टेरियाको उद्‌घाटन नेपाल बिज्नेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, फिस्टेल ट्राभलकी सञ्चालिका शमोती राई र समाजसेवी डीएल शर्माले संयुक्त रुपमा गरे।

silver spoon
उद्‌घाटन कार्यक्रममा उपस्थितहरुले पाण्डेलाई सफल व्यवसायिक यात्राका लागि शुभकामना दिएका थिए। सो क्षेत्रमा रहेका अन्य भारतीय, पाकिस्तानी, बंगलादेशी तथा फिलिपिन्स ग्राहकहरुलाई पनि लक्षित गरी उक्त क्याफ्टेरिया खोलिएको व्यावसायी दिपा पाण्डेले बताइन्। क्याफ्टेरियामा मःमः,चाउमिन, परौठा, बर्गर, फ्रेन्चफ्राइ लगायत ग्राहकको चाहना बमोजिमको खाना पाइने जानकारी उनले दिइन्।

प्रकाशित: २४ चैत्र २०७२ २३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App