१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

अमेरिकी डलरसँग जापानी येन कमजोर बन्दा मारमा जापानबासी नेपाली

कास्कीका सुरज गिरी नेपाल पैसा पठाउन मंगलबार टोक्योस्थित एक रेमिट्यान्स कम्पनीमा गए। करिब ३ महिना पछी नेपाल पैसा पठाउन लागेका उनले पछिल्लो बिनिमय दर थाहा पाएपछी अहिले नेपाल पैसा नपठाउने निर्णय गरे। उनी रेमिट्यान्स गर्न केही समय पर्खने बिचारमा छन्।

त्यसो त गिरी एक प्रतिनिधि पात्र मात्र हुन्। अमेरिकी डलरसँग जापानी येन कमजोर बन्न जाँदा त्यसको प्रत्यक्ष असर नेपाली रूपैयाँको बिनिमय दरमा परेपछी १ लाख बढि जापानबासी नेपाली मारमा परेका छन्।

'चाडबाडको मुखमा बिनिमय दर बिग्रिएकोले तनावमा छौं' जापानमा ईन्जीनियरको रूपमा कार्यरत नुवाकोटका निराजन भण्डारीले भने, 'जापान आएदेखी बिनिमय दर यतिसम्म बिग्रिएको थाहा थिएन', अहिले उनि पनि पर्ख र हेरको स्थितिमा छन्।

जापानमा दुःखसुखले कमाएको पैसा परिवारको आवश्यकता र खुसीको लागि भन्दै जापानबासी नेपालीहरूले नेपाल पैसा पठाउने गर्छन्। एकातिर जापानी येनको अबमुल्यनको असर नेपाली बिनिमय दरमा पर्दा नेपाल पैसा पठाउनेहरू समस्यामा परेका छन् भने अर्कोतिर जापानमा हरेक बस्तु तथा सेवाको मूल्य आकासिएको छ।

बाहिर बाट आयातित बस्तुहरूको मूल्य ह्वात्तै बढ़दा जनजिबिकामै प्रत्यक्ष असर परेको छ।मूल्यवृद्धि बढेकोले जापान सरकार समेत जनतालाई उपयुक्त राहत प्याकेज घोषणा गर्ने क्रममा रहेको छ।

टोक्योस्थित बिनिमय बजारमा बुधबार मध्याह्नपछी १ डलर बराबर  

१४४.२ येन पुगेको छ। जापानी संचारमाध्यमहरूका अनुसार येनको यो अबमुल्यन २४ वर्षपछीकै उच्च हो। १९८८ पछी जापानी येन यति धेरै कमजोर बनेको बताईएको छ।

प्रकाशित: २२ भाद्र २०७९ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App