टोकियो—नेपाली वैज्ञानिक डा. अम्बादत्त पन्त आफ्नो शोधका लागि जापानमा सम्मानित भएका छन्। रगतमा रहेको होमोग्लोविन र पानीको मिश्रणमा भौतिक वस्तुको प्रयोग गरी अक्सिजन र जीवन अवस्थाबारेको शोधलाई उत्कृष्ट ठहर गर्दै पन्तलाई सोसाईटी अफ मियोन एण्ड मेजोन साईन्स जापानले सम्मानित गरेको हो।
त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोक्तर उनी यामानाशी विश्वविद्यालय जापानबाट विद्यावारिधी गरी हाल जापानमा अनुसन्धानरत छन्।पन्तले रगतमा रहेको होमोग्लोविन र पानीको मिश्रणमा भौतिक वस्तुको प्रयोग गरेर अक्सिजनको अवस्था नाप्न सकिन्छ भनेर शोध तथा अनुसन्धान गरेका थिए। यसले मानिसमा लाग्ने क्यान्सर रोग समयमै पत्ता लगाउने नयाँ प्रविधिको विकासमा टेवा पुरयाउने विश्वास वैज्ञानिकहरुको छ।
सन् २०१५ भरिमा सोसाईटी अफ मियोन एण्ड मेजोन साईन्स विषयमा विश्वभरिका वैज्ञानिकहरुले तयार गरेको सोधका आधारमा पन्तलाई यस वर्षको उत्कष्ट शोधकर्ता उपाधि प्रदान गरिएको हो।
सो प्रतिस्पर्धामा जापानभरिका ४५ बढी विश्वविद्यालयका विद्यार्थीहरु सहभागी थिए। जापानमा सेन्दाईमा आयोजना गरिएको एक कार्यक्रमबीच पन्तलाई सोमवार उत्कृष्टतको उपाधि प्रदान गरिएको छ।
बैतडी जिल्लाको सिद्धपुर गाविस घर भईहाल इवाराकी राज्यमा रहेको एक विश्वविद्यालयमा अनुसन्धारत वैज्ञानिक पन्तलाई यस अघि पनि दुई वटा उत्कृष्ट शोध अनुसन्धान गरेबापत पुरस्कृत गरिएको थियो।
उपाधिले हौसला मिलेको उनले बताए। 'विश्वमा वैज्ञानिकहरुले गरेको अनौठो अनुसन्धान मध्ये आफनो अनुसन्धानलाई उत्कृष्ट ठहराएकोमा खुसी छु', उनले नागरिकन्युजसँग भने।
प्रकाशित: ११ चैत्र २०७२ ०३:३० बिहीबार





