१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

जापानमा नेपाली महिलाको निधन

टोकियो— जापानमा एक नेपाली महिलाको हृदयघातका कारण निधन भएको छ। टोकियोको जुजोमा श्रीमान्सँगै बस्दै आएकी काभ्रेकी ४१ वर्षीय खिलकुमारी ढकालको मृत्यु भएको हो।उनले ड्युटीबाट फर्केपछि बिहीबार मुटुमा असजिलो भयो भनेकी थिइन्। त्यस लगत्तै उनलाई श्रीमान् खेमराज ढकालले उपचारका लागि साइतामास्थित अस्पताल पु¥याएका थिए। चिकित्सकले उनलाई बचाउन कोसिस गरे पनि असमर्थ रहे। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भयो।

खिलकुमारीका एक छोरा र एक छोरी छन्।

केही समययता जापान बस्ने नेपालीहरुमा मुटुको समस्या बढी नै देखिन थालेको छ। नेपाली समुदायका संघसंस्थाहरुले मुटु रोगबाट बच्ने उपाय सुझाउने गरी विशेषज्ञ चिकित्सकहरुको सहभागितामा कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन्। नेपालीहरुको खानपान र जीवनशैली मुटु समस्याको मुख्य कारण रहेको विशेषज्ञ चिकित्सकहरुले बताउँदै आएका छन्।

प्रकाशित: २० फाल्गुन २०७२ २२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App